• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
२ फागुन २०८२, शनिवार

स्थानीय तहसँगको लागत साझेदारीमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

१ फागुन २०८२, शुक्रवार

(सूचना प्रकाशन मितिः २०८२।१०।२८)

 

यस प्रतिष्ठानको आ. व. २०८२।०८३ को स्वीकृत वार्पिक कार्यकम अन्तर्गत विभिन्न विषय (ट्रेड)का सीपमूलक तालिम (३९० घण्टा) सञ्चालन गर्ने कार्यकम रहेकोले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२ को दफा २६ को उपदफा ५ बमोजिम लागत साझेदारीमा आधारभूत सीपमूलक तालिम कार्यकम सञ्चालनका लागि ईच्छुक बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेश (सिरहा र सप्तरी जिल्ला वाहेक)का स्थानीय तहहरूवाट तालिम सञ्चालनका लागि प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। ईच्छुक स्थानीय तहहरूले सूचना प्रकाशित भएको मितिदेखी २०८२ साल फाल्गुण १० गते भित्र यस प्रतिष्ठान वा ईमेल ठेगाना navt2080@gmail.com मार्फत प्रस्ताव पेश गर्न सकिनेछ । प्रस्ताव पत्रको ढाँचा र तालिमका विषय (ट्रेड)को सूची यस प्रतिष्ठानको website: www.vsdta.gov.np मा उपलब्ध छ।

S.No. Title File Type Download
1 स्थानीय तहसँगको लागत साझेदारीमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना Download